काठमाडौँ, २० साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्धारित समयमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम पारित नगर्ने स्थानीय तहको समस्या समाधानका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन टोली परिचालन गर्ने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयले सहसचिवहरु कालीप्रसाद पराजुली, प्रकाश दाहाल र रुद्र सिंह तामाङको नेतृत्वमा २१ साउनदेखि टोली परिचालन गर्न लागेको हो ।
सो टोलीले स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नसक्नुका कारण पत्ता लगाउने र त्यसबाट सिर्जना भएका समस्या समाधानको पहल गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले बताइन् ।










प्रतिक्रिया दिनुहोस्