समाचार

पूर्व-पश्चिम एसियन हाइवे अवरुद्ध



काठमाडौँ, २१ साउन । पूर्व–पश्चिम एसियन हाइवे पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले सडक कटान गर्दा बाटो अवरुद्ध भएको हो । 

आज बिहान ६ बजे शिवसताक्षी नगरपालिका–१० स्थित सुकुना खोलामा पूर्व–पश्चिम एसियन हाइवे बाढीले कटान गरेको प्रहरीले जनाएको छ । 

हिमपाइप लगाएर बनाइएको ड्राइभर्सन खोलामा आएको बाढीले  कटान गरी बगाएपछि सवारी आवतजावत बन्द भएको प्रहरीले जनाएको छ ।