अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २३ साउन । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ९९ हजार ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला २३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।