भक्तपुर, २५ साउन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाललाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा शनिबार श्रावणी मेलाको २४औँ डोलेश्वर महादेवको पूजा एवं विमला गङ्गा आरतीमा सहभागी हुँदै सभामुख घिमिरेले डोलेश्वर हिन्दुहरूको आस्थाको धरोहर भएको बताए । उनले नेपाललाई धार्मिक पर्यटनको केन्द्रबिन्दु बनाएर विश्वभरका पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले डोलेश्वर हिन्दुहरूको आस्थाको केन्द्र बन्दै गएकाले नेपाली मात्र नभई विदेशी पर्यटकको आगमन बढ्दै गएको बताए । उनले भारतीय पर्यटकको आगमन डोलेश्वरमा बढ्दै गएको बताए ।










प्रतिक्रिया दिनुहोस्