काठमाडौँ, २६ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको अभाव भएर राज्यले पूर्वाधार आयोजनामा लगानी गर्न नसकेको बताएका छन् ।
आज अर्थ समितिमा भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा पौडेलले पूर्वाधारमा लगानी गर्न स्रोत नभएका कारण राज्यले वैकल्पिक वित्तको कानुन ल्याउन खोजेको बताएका हुन् ।
उनले भने, ‘अहिले राज्यले पूर्वाधारमा लगानी गर्न सक्ने अवस्था रहेन । हामीलाई स्रोतको ठुलो दबाब भयो त्यसैले प्रतिफल दिने आयोजनामा ट्रेजरी भन्दा बाहिरबाट स्रोत जुटाउन यो विधेयक ल्याइएको हो । वैकल्पिक स्रोतमार्फत पूर्वाधारहरूमा लगानी जुटाएर ठुला आयोजनाहरू अघि बढ्न सघाउ पुग्नेछ ।’










प्रतिक्रिया दिनुहोस्