काठमाडौँ, २८ साउन । गुल्मीको चन्द्रकोट गाउँपालिका–८ रामपुरस्थित बहुउद्देश्य कृषक समूहले माछापालन गर्दै आएको पोखरीमा एक पुरुषको शव फेला परेको छ ।
मंगलबार बेलुकी स्थानीयले पोखरीको डिलमा पुरुषको टि–सर्ट, पाइन्ट, चप्पल र क्याप देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक गुल्मीदरबार गाउँपालिका–१ घर भई हाल चन्द्रकोट गाउँपालिका–८ रजाली टोलमा बस्दै आएका ४५ वर्षीय तुल्सीबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्