समाचार

८ जना जुवाडे पक्राउ



काठमाडौँ, १ भदौ । काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।

नागार्जुन नगरपालिका–१ रानिवनस्थित पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा गण्डकी गाउँपालिका–५ घर भएका ४८ वर्षीय देव खनाल लगायत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ४ सय ८० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।  पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।