काठमाडौँ, ३ भदौ । नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले विधान महाधिवेशनको सम्मुखमा पार्टीको अन्तरकुन्तरमा उठेका केही विषयहरुमा तरंगित नहुन आग्रह गर्नुभएको छ ।
पार्टीको जनवर्गीय संगठन भूमी अधिकार तथा श्रमिक संगठन नेपालको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै ज्ञवालीले पार्टीले गरेको संस्थागत निर्णयका पक्षमा उभिन सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । कम्यूनिष्ट पार्टीमा केन्द्रले गरेको निर्णयको पालना मातहतका कमिटीले गर्नुपर्दछ ज्ञवालीले भन्नुभयो त्यसैले पार्टी केन्द्रले गरेका निर्णयलाई अक्षरश पालना गर्नु सबै कार्यकर्ताको दायित्व हो । संस्थागत निर्णयको पालनाबाट नै पार्टी एकतावद्ध हुने ज्ञवालीको भनाइ छ ।
उहाँले भूमि अधिकार तथा श्रमिक संगठन कम्यूनिष्ट पार्टीको वर्गलाई प्रतिनिधित्व गर्ने संगठन भएको बताउनुभयो । उहाँले यस संगठनले वर्गीय मुद्धालाई जोडदार रुपमा उठाउनु पर्ने कुरामा जोड दिनुभयो । यस वर्गका मुद्धाप्रति पार्टी सधैं गम्भिर रहेको उहाँको भनाइ थियो । जब जब एमालेको सरकार बन्छ तबतब भूमी आयोग बन्छ । जब जब भूमि आयोग बन्छ तब तब भूमिहिनहरुले लालपुर्जा सहितको जमिन पाउछन् ।










प्रतिक्रिया दिनुहोस्