अर्थ

कोशीमा प्रदेश राजस्व कार्यालय स्थापना



विराटनगर, ३ भदौ । कोशी प्रदेश सरकारले पहिलो पटक प्रदेश राजस्व कार्यालय स्थापना गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सोमबार सुनसरीको इटहरीमा कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन गर्दै आर्थिक मामिला तथा योजनामन्त्री मगरले प्रदेश सरकारले सोचेअनुसारको राजस्व सङ्कलन गर्न नसकिरहेको बेला प्रदेश राजस्व कार्यालय उद्घाटन गरिएको बताए । कार्यालयका लागि प्रदेश सरकारले २६ वटा काम गर्ने कार्यविवरण दिएको छ, जसमा प्रदेशको राजस्व सङ्कलनमा सहजीकरण गर्ने, प्रदेशको क्षेत्राधिकार भित्र पर्ने विषयमा आवश्यक सहजीकरण गर्ने र प्रदेशको राजस्वलाई वृद्धि गर्ने विषय उल्लेख छ ।