समाचार

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध



काठमाडौँ, ३ भदौ । पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ बालुवाटारस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो । 

माथिबाट पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन रोकिएका छन् ।