काठमाडौँ, ४ भदौ । कर्णाली प्रदेश सरकारले बुधबार (आज) प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
यसअघि २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले गरेको निर्णय अनुसार नै आज प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्