काठमाडौँ, ४ भदौ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन बिक्री मूल्यमा वृद्धि गरेको छ ।
आज बसेको सङ्घको बैठकको निर्णयअनुसार भोलीदेखि लागू हुने गरी चितवनलाई आधार मानेर नयाँ मूल्य सूची सार्वजनिक गरिएको हो । सङ्घद्वारा जारी नयाँ मूल्य सूची अनुसार अब ठुलो अण्डाको मूल्य प्रति क्रेट ५३० रुपैयाँ र मिडियम अण्डाको मूल्य प्रति क्रेट ५१५ निर्धारण गरिएको छ ।
सङ्घले चितवनबाट बाहिर पठाइने अण्डाका लागि लाग्ने ढुवानी तथा प्याकेजिङ खर्च पनि बढाएको छ । अब भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १४० अतिरिक्त शुल्क लाग्ने भएको छ ।
यो नयाँ मूल्य यसअघि साउन ६ गतेदेखि लागू भएको मूल्यभन्दा केही बढी हो । पुरानो मूल्य सूची अनुसार ठुलो अण्डा प्रति क्रेट ५२५ मा बिक्री भइरहेको थियो भने मिडियम अण्डाको मूल्य ४९५ थियो ।
मिडियम अण्डाको मूल्य ह्वात्तै बढेको छ । २० रुपैयाँ प्रतिक्रेट मिडियम अण्डा बढ्दा ५ रुपैयाँ ठुलो अण्डाको मूल्यमा प्रति क्रेट वृद्धि भएको छ ।
त्यसैगरी यसअघि प्रति पेटी रु. १३० रहेको ढुवानी तथा प्याकेजिङ खर्चमा पनि १० रुपैयाँले वृद्धि गरी रु. १४० पुर्याइएको छ ।










प्रतिक्रिया दिनुहोस्