Banner News

कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : गृहमन्त्री लेखक



काठमाडौँ, ४ भदौ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले एकतालाई मूल मन्त्र बनाएर अघि बढ्दा कांग्रेसलाई कसैले कमजोर पार्न नसक्ने बताएका छन्  ।

आज काठमाडौँ नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने कांग्रेसलाई कसैले कमजोर बनाउन नसक्ने बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेस एउटै मूल मन्त्रका साथ अघि बढ्ने हो भने कांग्रेसमा पनि समस्या हुँदैन र कांग्रेसलाई कसैले पनि कमजोर गर्न सक्दैन । त्यसको एउटै मूल मन्त्र भनको काँग्रेसभित्र एकता एकता एकता नै हो,’ ।

एकता कुनै अमूर्त विषय नभएको बताउँदै उनले लोकतान्त्रिक पार्टी भएकाले विचारमा फरक हुनसक्ने पनि बताए ।