एजेन्सी, ६ भदौ । चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबिचको साझेदारी कुनै तेस्रो देशको विरुद्धमा नभएको र यसले अन्य कुनै देशलाई असर नगर्ने बताएका छन् ।
बिहीबार इस्लामाबादमा पाकिस्तानका विदेशमन्त्री तथा उपप्रधानमन्त्री इशाक दारसँगको संयुक्त पत्रकार सम्मेलनमा वाङ यीले उक्त टिप्पणी गरेका हुन् ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करको प्रभाव समयसँगै देखिने बताए । तर यसले भारतको रुससँगको मित्रतालाई बलियो बनाएको छ र चीनसँगको जारी तनावलाई पनि कम गरेको उनको जिकिर थियो।
मंगलबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेपछि वाङ यी अफगानिस्तान गएका थिए र त्यसपछि पाकिस्तान गएका हुन्।










प्रतिक्रिया दिनुहोस्