काठमाडौँ, ६ भदौ । बजारमा कागतीको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कागतीको मूल्य घटेको हो ।
बिहीबार कागती प्रतिकिलो थोकमा न्यूनतम १ सय ४० देखि अधिकतम १ सय ७० रुपैयाँसम्म किनबेच भएको थियो । यस्तै, आज भने कागती प्रतिकिलो थोकमा न्यूनतम १ सय ३० देखि अधिकतम १ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।
साउन पहिलो साता कागती प्रतिकिलो १ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।










प्रतिक्रिया दिनुहोस्