एजेन्सी, ८ भदौ । उत्तर कोरियाली सरकारी सञ्चार माध्यमले शनिबार दुई नयाँ हवाई रक्षा मिसाइल परीक्षण गरिएको जानकारी दिएको छ। उक्त परीक्षण देशका सर्वोच्च नेता किम जोङ उन स्वयं उपस्थित रही अवलोकन गरेका थिए।
कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार ती हतियारहरूमा ‘उत्कृष्ट लडाइँ क्षमता’ रहेको र ‘अद्वितीय प्रविधि’ प्रयोग गरिएको छ। यद्यपि प्राविधिक विवरण भने खुलाइएको छैन।
केसीएनएले परीक्षणमार्फत ‘विभिन्न हवाई लक्ष्य—जस्तै ड्रोन र क्रूज मिसाइल—नष्ट गर्न यी दुई प्रकारका मिसाइल उपयुक्त छन् भन्ने प्रमाणित भएको’ बताएको छ।
यसअघि मंगलबार करिब ३० जना उत्तर कोरियाली सैनिकले दुई देशबिचको असैन्यीकृत क्षेत्र पार गरेपछि दक्षिण कोरियाले चेतावनीस्वरूप गोली चलाएको पुष्टि गरेको थियो।










प्रतिक्रिया दिनुहोस्