काठमाडौँ, ८ भदौ । गृहमन्त्री रमेश लेखकले संविधानलाई समय सापेक्ष संशोधन र संविधानको रक्षा आवश्यक हुने बताएका छन् ।
आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले केही व्यक्ति संविधान असफल बनाउने षड्यन्त्रमा लागेको बताउँदै यदि वर्तमान संविधान असफल भए देशमा द्वन्द्व हुने बताए ।
उनले दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन नहुने बताए । भने, ‘जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ । हामीले ठीक ढंगले बुझिदिनुपर्छ । द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो ।’ ‘दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन हुँदैन । द्वन्द्वरत पक्षका बिचमा सम्झौता भएर संविधान बनेको हो ।’
संविधानले गरेको अधिकारको बाँडफाँटले द्वन्द्व उत्पन्न गराइरहेको भन्दै त्यसको व्यवस्थापन आवश्यक रहेको गृहमन्त्री लेखकले बताए । ‘अहिले पालिकामा प्राकृतिक स्रोत साधनको वितरण र सीमाको द्वन्द्व छ । द्वन्द्वका धेरै पाटा छन् । उत्पन्न द्वन्द्व र सम्भावित द्वन्द्वको व्यवस्थापन गर्नुपर्छ,’ उनले भने ।










प्रतिक्रिया दिनुहोस्