समाचार

बसमा स्कुटर ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु



काठमाडौँ, १३ भदौ । काठमाडौँको जडिबुटीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान जडिबुटीको आकासे पुलनजिकै सडक छेउमा रोकी राखेको बा प्र०१–००६ ख ४२४३ नम्बरको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको थियो । 

मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक  घर भएका २३ वर्षका नितेश नेपाल रहेको छ । 

दुर्घटनामा गम्भीर घाइते उनीहरूका उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीको भनाइ छ ।