काठमाडौँ, १३ भदौ । पछिल्लो २४ घण्टामा हैजाका ८४ जना नयाँ सङ्क्रमित फेला परेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चन्द्रभाल झाका अनुसार पर्सासहितका मधेस प्रदेशका जिल्लामा सो सङ्क्रमित पुष्टि भएका हुन् ।
यससँगै हाल उक्त प्रदेशमा १८७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै अगस्ट ९ यता कुल ६२४ जना सङ्क्रमित भएका छन् भने त्यसमध्ये ४३७ जना निको भएका छन् ।
सक्रिय सङ्क्रमितमध्ये नारायणी अस्पतालमा ६८ जना उपचाररत रहेकामा पछिल्लो २४ घण्टामा मात्रै ५२ जना नयाँ सङ्क्रमित भर्ना भएको डा. झाले बताए । त्यसैगरी तराई अस्पतालमा ३९ र वीरगन्ज हेल्थकेयर अस्पतालमा १९ जना सक्रिय बिरामीको उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्