समाचार

चोरी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौँ, १३ भदौ । चोरी सम्बन्धी मुद्दामा फरार रहेकी भक्तपुर नगरपालिका-२ बस्ने ५४ वर्षीया चन्चला भन्ने चेतना वैधलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत भक्तपुरले २०८१ माघ ९ गतेको फैसलामा उनलाई ४ महिना कैद र २० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो। त्यसयता फरार रहेकी उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले भक्तपुर नगरपालिका-९ लिवालीबाट पक्राउ गरेको हो।

पक्राउ परेकी वैधलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेस गरिएको छ।