राजनीति

नापी अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ, १३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भैरहवाका नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नापी अधिकृत यादवमाथि ५ करोड ७९ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको हो । १४ करोड ८३ लाख रुपैंयाको सम्पत्ति जोडेका यादवले ९ करोड ३ लाख रुपैंया मात्रै कानुनी रुपमा आर्जन गरेको अख्तियारको दाबी छ ।

अख्तियारले उनीसहित उनकी श्रीमती गायत्री यादव, छोराहरू सुधांशु यादव र शुभम् यादवविरुद्ध समेत मुद्दा दायर गरेको हो ।