समाचार

कार दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, १४ भदौ । चितवनमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति साढे १ बजे भरतपुर महानगरपालिका-१० विशालचोकमा बा१५च ४६९३ नम्बरको कार दुर्घटना भएको हो ।

दुर्घटनामा भरतपुर-२ आँपटारीका डा.विप्लव भट्टको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज पुर्‍याइएकोमा उनको राति २ नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार अनियन्त्रित भई सडक नजिकैको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।