काठमाडौँ, १५ भदौ । लमजुङमा आज बिहान भारी वर्षा भएको छ ।
राइनास्टारमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साना खोलामा बहाव बढ्ने सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
“भदौ १५, बिहान २ः२० बजे । पछिल्लो तीन घण्टामा लमजुङ जिल्लास्थित राइनास्टार वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाव केही बढ्न सक्ने, तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।










प्रतिक्रिया दिनुहोस्