काठमाडौँ, १५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।
बैठक दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको पार्टी प्रवक्ता मनिष झाले बताए । बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्याङ्कन, प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध विषयमा छलफल हुने बताइएको छ ।
बैठक पश्चात् पार्टी प्रवेश कार्यक्रम र रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा कार्यक्रम हुने पार्टीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्