बागलुङ, १५ भदौ । नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले पछिल्लो एक वर्षमा यस वर्ष दुई हजार १२० घरमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ ।
जिल्ला सदरमुकाम आसपास क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार भइसकेको हुँदा अहिले पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकामा काम भइरहेको विद्युत् प्राधिकरणका प्रमुख पवन पौडेलले जानकारी दिए । पछिल्लो एक वर्षमा दुई हजार बढी घरमा केन्द्रीय लाइन विस्तार गर्दा ३७ हजार ४१६ ग्राहक बढेको छ । प्रमुख पौडेलका अनुसार रु १५ करोड ९२ लाख ५२ हजार १७७ लागतमा ३५ किलोमिटर ११ केभी र ४९ किलोमिटर ०.४ केभी लाइनको संरचना निर्माण गरिएको छ । एक वर्षमा ३७ स्थानमा ट्रान्फर्म जडान भएको पौडेलले जानकारी दिए । जिल्लाभर हालसम्म ८५ प्रतिशत घरमा विद्युत्को पहुँच पुगेको भन्दै त्यसमध्ये २९.९ प्रतिशत घरमा मात्र लघुजलविद्युत्को प्रयोग भइरहेको उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्