अर्थ

आजदेखि लागू हुनेगरि घट्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौँ, १६ भदौ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

आजदेखि लागूहुने गरि नेपाल आयल निगमले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी दिएकाे हो ।

डिजेल/मट्टीतेलमा प्रति लिटर रु. ४, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. १ र तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ ।