राजनीति

चिरिबाबु महर्जनलाई ‘एक्सिलेन्स अर्बन गभर्नेन्स अवार्ड’



ललितपुर, १७ भदौ । ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले ‘एक्सिलेन्स अर्बन गभर्नेन्स अवार्ड’ पाएका छन् ।

सिजन मिडियाको १७औँ वार्षिकोत्सवमा आयोजित एक कार्यक्रममा उनलाई यो अवार्ड प्रदान गरिएको हो । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महर्जनलाई अवार्ड प्रदान गरेका थिए ।

आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम राख्दै ललितपुरलाई बस्नयोग्य सम्पदा-मैत्री सहर बनाउन उनले गरेको योगदानको कदरस्वरूप उनलाई यो सम्मान दिइएको आयोजकले जनाएको छ ।