राैतहट, १७ भदौ । राजपुर नगरपालिकाका पूर्व नगर प्रमुख शेख शकीललाई एमाले प्रवेश गराएका छन् ।
नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा आइतबार एक विशेष कार्यक्रमका बीच पार्टीको महासचिव शंकर पोखरेलको अगुवाइमा शेख शकीललाई खादा ओढाइ स्वागत गरिएको थियो । उनले २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखमा विजय हासिल गरेका थिए।
कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार एवं नेकपा एमालेका केन्द्रीय सह महासचिव विष्णु रिमाल, पार्टीका संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष अनिल कुमार झा र सचिव महम्मद अतीउल्लाह लगायतका नेताहरु पनि उपस्थित थिए ।










प्रतिक्रिया दिनुहोस्