काठमाडौँ, २२ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टीमा आबद्ध व्यक्ति गलत भए पार्टीले जिम्मा नालिने बताएका छन् ।
शनिबार नेपाली कांग्रेस, काठमाडौँ महानगर–३० कार्यसमितिले आयोजना गरेको ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको बताए । उनले बिपीको सिद्धान्तअनुसार पार्टी र अग्रज नेताहरुले काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘कांग्रेस स्थापनाकालदेखिकै राष्ट्रिय पार्टी हो । व्यक्तिले गरेका गल्ती पार्टीले भोग्दैन र जिम्मा लिँदैन, जस्ले गल्ती गर्छ त्यसैले भोग्नु पर्छ ।’










प्रतिक्रिया दिनुहोस्