काठमाडौँ, २२ भदौ । नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ ।
महाधिवेशनमा प्रस्तावित राजनीतिकसँगै अन्य प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले आजै समूहगत सुझाव पेस गर्दै छन् । समसामयिक प्रस्ताव तयार पार्न योगेश भट्टराईको नेतृत्वमा गठित समूहले तयार पारेको प्रस्ताव पनि महाधिवेशनमा पेस हुँदै छ । बैठकले राजनीतिकसँगै समसामयिक प्रस्ताव पारित गरेपछि महाधिवेशन सकिनेछ ।
समूहगत छलफलमा उठेका प्रश्नको जवाफ अध्यक्ष केपी शर्मा ओलीसँगै सम्बन्धित व्यक्तिले दिनेछन् । अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्ताव पेस गरेका थिए । जसमाथि १० समूह गठन गरेर छलफल भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्