समाचार

सुनकोसी नदीमा बेपत्ता भएका बालक मृत फेला



काठमाडौँ, २२ भदौ । सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ स्थित सुनकोशी नदीको बलेनीघाटमा पौडी खेल्ने क्रममा एक जना बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शुक्रबार सुनकोशी नदीको बलेनीघाटमा पौडी खेल्ने क्रममा १४ वर्षीय प्रख्यात मग्राती बेपत्ता भएका थिए ।

खोजतलासको गर्ने क्रममा घटना स्थलदेखि करिब ३० मिटर तल मग्रातीको शव आज फेला परेको प्रहरीले जनाएको छ ।