समाचार

थप ३६ जनामा हैजाको सङ्क्रमण पुष्टि



काठमाडौँ, २३ भदौ । मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३६ जना हैजाका नयाँ बिरामी फेला परेका छन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार योसहित मधेसमा हालसम्म १ हजार ११७ जनामा हैजा पुष्टि भएको छ ।  

हाल सक्रिय बिरामीको सङ्ख्या ८३ मा झरेको छ भने १ हजार ३४ जना निको भइसकेका छन् । वीरगन्ज महानगरपालिकाका विभिन्न हटस्पट तथा अन्य क्षेत्रहरूमा खानेपानीको गुणस्तर निगरानी कार्य निरन्तर भइरहेको समेत महाशाखाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय र महानगरपालिकासँगको सहकार्यमा खानेपानीको नियमित परीक्षण भइरहेको हो ।