काठमाडौँ, २३ भदौ । उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले आज हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन जनाएका छन् ।
हिजो सामाजिक संजालमा पोष्ट गर्दै उनले सरकारले सामाजिक संजाल बन्द गर्न गरेको निर्णयको विरोध गरेका छन् । उनले उक्त निर्णयको विरोधमा जेनजी पुस्ताले निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको ऐक्यबद्धता रहेको पनि जनाए ।
उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘सरकारले भर्खरै केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको विरोधमा Gen Z पुस्ताले भोलि निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको तर्फबाट ऐक्यबद्वता व्यक्त गर्दछौं ।’










प्रतिक्रिया दिनुहोस्