राजनीति

ठूलो संख्यामा त्रिविले माग्यो उपप्राध्यापक



काठमाडौँ, २३ भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का लागि झण्डै ३०० उपप्राध्यापक पदमा विज्ञापन खुलेको छ ।

त्रिवि सेवा आयोगले खुला प्रतियोगिताबाट ४७ विषयमा उपप्राध्यापक पदपूर्ति गर्न आज दरखास्त आह्वान गरेको हो । त्रिवि सेवा आयोगको वेबसाइटबाट अनलाइन दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।