अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २३ भदौ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ११ हजार ६ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला २४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।