राजनीति

शान्तिपूर्ण प्रदर्शन: हिंसात्मक घटनाप्रति गैरआवासीय नेपाली सङ्घद्वारा दुःख व्यक्त



काठमाडौँ, २४ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले  देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। 

बद्री केसी नेतृत्वको सङ्घले जारी गरेको विज्ञप्तिमा भ्रष्टाचारको विरोध, सुशासनको माग र सामाजिक सञ्जालहरूमा लगाइएको प्रतिबन्ध विरुद्ध जेनजी पुस्ताले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीका कारण १९ जनाको मृत्यु भएको भएको खबरले आफूहरूलाई स्तब्ध बनाएको उल्लेख छ ।