काठमाडौँ, २४ भदौ । सर्वोच्च अदालतले मंगलबारका लागि नियमित पेसी तोकिएका मुद्दाको सुनुवाइ स्थगित गरेको छ ।
प्रशासन शाखाबाट आज विज्ञप्ति जारी गर्दै आजका लागि नियमित पेसी तोकिएका मुद्दाको सुनुवाइ स्थगित भएको जनाइएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरबाट जारी भएको कर्फ्यु आदेशका कारण आवागमनमा भएको अवरोधको विशेष परिस्थिति र संवेदनशीलतालाई मध्यनजर गरी यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ ।
बन्दी प्रत्यक्षीकरणको निवेदन र पूरकबाट पेस हुने गरी जरुरी प्रकृतिका निवेदन भने सुनुवाइ हुने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्