राजनीति

रास्वपा सांसद तोसिमा कार्कीद्वारा राजीनामा



काठमाडौँ, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले राजनीमा घोषणा गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीले राजीनामा घोषणा गरेको जनाएकी छिन् । 

‘म आधिकारिक रुपमा पत्र नै बुझाउँला तर आज भाद्र २४ गते ११:५५ बजे देखि नै यो अपराधी र संवेदनाहीन सरकारको कठपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु। जेनजी आईएम विथ यु,’ कार्कीले लेखेकी छिन् ।