राजनीति

पाँच बुँदे प्रस्तावसहित रास्वपाका २० जना सांसदद्वारा सामूहिक राजीनामा



काठमाडौँ, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदले सामूहिक राजीनामा दिएका छन् ।

मंगलबार जारी विज्ञप्तिमा रास्वपाले निहत्था युवामाथि भएको आमहत्याको घोर निन्दा गर्दै वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको निष्कर्ष निकालेको छ। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि रास्वपाले यस्तो कदम चालेको हो ।

रास्वपाले पाँच बुँदे प्रस्ताव अघि सारेको छः
१) प्रधानमन्त्रीको तत्काल राजीनामा,
२) निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन,
३) सर्वपक्षीय नागरिक सरकार गठन,
४) प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्त गरी हिरासतमा लिने र दोषीमाथि कडा कारबाही,
५) संविधान संशोधनको प्रक्रिया आरम्भ।