काठमाडौँ, २५ भदौ । धरानका उप-महानगरपालिका मेयर हर्क साम्पाङले काठमाडौंलाई नयाँ नेतृत्व चुन्न हतार नगर्न चेतावनी दिएका छन् ।
काठमाडौंमा राजनीतिक निकासका लागि जेनजी आन्दोलनका प्रतिनिधिसँग वार्ताको कुरा चलिरहेको बेला बुधबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै साम्पाङले उक्त चेतावनी दिएका हुन् ।
‘नेपाल काठमाण्डौँ मात्रै होइन, जेन-जी त्यहाँ मात्रै छैनन्, नयाँ नेतृत्व चुन्दा हतार नगर्नू,’ उनले लेखेका छन् ।










प्रतिक्रिया दिनुहोस्