काठमाडौँ, २५ भदौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले अब बन्ने सरकारले नेपाली जनताको प्रमुख मागहरू पूरा गर्नुपर्ने बताएका छन् ।
“हाम्रो चाहना एउटै हो— नेपाली जनताको उठाइएका मुद्दा पूरा होस्,” प्रसाईंले भने । साथै, उनले भगवती दुर्गाको चरणमा प्रार्थना गर्दै अब कुनै पनि नेपाली नागरिक, विशेषगरी जेनजी पुस्ताका युवाले बलिदान दिनु नपरोस् भन्ने आशा व्यक्त गरे ।
नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दु अधिराज्यका रूपमा पुनर्स्थापना गर्ने आफ्नो अभियानलाई निरन्तर अघि बढाउने घोषणा गर्दै उनले मन्त्री, सांसद वा प्रधानमन्त्री बन्ने कुनै व्यक्तिगत चाहना नरहेको स्पष्ट पारे ।
उनका अनुसार अभियानको प्रमुख लक्ष्य चर्को ब्याजदरका कारण घरबारविहीन बनेका लाखौँ नेपालीलाई आफ्नो घर–जग्गा फिर्ता गराउनु र गरिब नेपालीहरूको ऋण मिनाहा, सहकारी पीडितको डुबेको रकम सरकारले जिम्मा लिनुपर्ने, मध्यम वर्गीय व्यापारीलाई २५ वर्षसम्म ५% ब्याजदरमा ऋण तिर्ने व्यवस्था मिलाउनुपर्ने माग उनले दोहोर्याएका छन् ।










प्रतिक्रिया दिनुहोस्