काठमाडौँ, २५ भदौ । नेपाली सेना आज बिहानैदेखि सडकमा उत्रिएको छ ।
जेनजीको प्रदर्शन तोडफोड, आगजनी र व्यक्ति आक्रमणमा परिणत भएपछि नेपाली सेना बिहानैदेखि काठमाडौँका सडकमा उत्रिएको हो ।
प्रधानसेनापति अशोकराज सिक्देलले मंगलबार साँझ सम्बोधन गर्दै राति १० बजेबाट नेपाली सेनासहित सुरक्षा निकायले सुरक्षाको जिम्मेवारी लिएको बताएका छन् ।
सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्