काठमाडौँ, २५ भदौ । हाल मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा दक्षिणतिर अवस्थित जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार देशका केही स्थानमा वर्षा हुने भएको छ । हल्कादेखि भारी वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
मधेस, कोसी, वाग्मती प्रदेशका तराई र पहाडी भूभागका साथै गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।










प्रतिक्रिया दिनुहोस्