काठमाडौँ, २५ भदौ । सुन्धारा स्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी भागेका छन् ।
मंगलबार राति नख्खु कारागारबाट त्यहाँ पुगेकाहरूले निस्किन आग्रह गरेपछि उनीहरू कारागार बाहिर निस्किएका हुन् ।
नेकपा (एमाले) का निलम्बित सचिव टोप बहादुर रायमाझी र पूर्व गृह सचिव टेक नारायण पाण्डे पनि निस्किएका छन् ।
केन्द्रीय कारागारका एक जना अधिकृतका अनुसार नख्खुबाट निस्केर गएका कैदीबन्दीले आगजनी गर्ने चेतावनी दिएपछि त्यहाँ रहेकाहरू पनि बाहिरिएका हुन् । ती अधिकृत भन्छन्, ‘अहिले केही फर्किएका पनि छन् ।’
सुन्धारामा ३ हजार ८ सय भन्दा बढी कैदीबन्दी छन् । भागेका १ सय जना महिला कैदीबन्दी बुधबार फर्केका छन् । कारागार स्रोतका अनुसार त्यहाँ ४५० जना महिला कैदीबन्दी थिए ।










प्रतिक्रिया दिनुहोस्