काठमाडौँ, २६ भदौ । देशका विभिन्न कारागार तथा बाल सुधारगृहबाट भागेका कैदीबन्दीहरु मध्ये मकवानपुरबाट १६६ जनालाई नियन्त्रणमा लिइएको छ ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा उनीहरूलाई मकवानपुरको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, भिमफेदी कारागारबाट भागेका ४४० कैदीबन्दी मध्ये ७८ जनालाई पक्राउ गरिएको छ भने ३६२ जना कैदीबन्दी अझै फरार रहेका छन् । भिमफेदी कारागारमा एक नाबालकसहित कुल १ हजार ६६ जना कैदीबन्दी रहेको प्रहरीले जनाएको छ ।
मकवानपुरस्थित बाल सुधार गृहबाट भागेका ७२ जना मध्ये ४१ जनालाई नियन्त्रणमा लिइएको छ भने ३१ जनाको खोजी कार्य जारी छ । उक्त बाल सुधार गृहमा कुल ९४ जना रहेका थिए ।










प्रतिक्रिया दिनुहोस्