राजनीति

सरकार बनाउने पहल राष्ट्रपतिबाटै हुनुपर्छ : नेपाल पत्रकार महासङ्घ



काठमाडौँ, २६ भदौ । नेपाल पत्रकार महासङ्घले जेनजी पुस्ताका मागहरूमाथि गम्भीर विमर्श गर्दै त्यसलाई सम्बोधन गर्नु जरुरी रहेको ठहर गरेको छ । 

महासङ्घका अध्यक्ष निर्मला शर्माले आज एक अपिल सार्वजनिक गर्दै देशमा व्याप्त भ्रष्टाचार र बेथितिका विरुद्ध उठेको युवाहरूको आवाजलाई दबाउन गरिएको सरकारी दमनलाई निन्दनीय भनिएको छ । 

आन्दोलनका नाममा सरकारी, सार्वजनिक, निजी र भौतिक संरचनाको क्षतिप्रति महासङ्घ दुःख व्यक्त गर्दै यस्तो क्षतिको असर मुलुकले दीर्घकालसम्म व्यहोर्नु पर्ने महासङ्घले चिन्ता प्रकट गरेको छ ।