राजनीति

संविधानमार्फत युवाले उठाएका माग सम्बोधन गर्नुपर्छ: डा. कोइराला



काठमाडौँ, २७ भदौ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले संविधानमार्फत युवाले उठाएका माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।

डा. कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गरी ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाले उठाएको आवाजप्रति आफ्नो पूर्ण समर्थन रहेको बताए । डा कोइरालाले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सबैको आत्मालाई श्रद्धाञ्जली अर्पण गर्दै, शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका पार्टीका नेता तथा कार्यकर्ताहरू, आन्दोलनकारी र सुरक्षाकर्मीमाथि भएको आक्रमणको निन्दा गर्दै सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।