काठमाडौँ, २७ भदौ । रौतहटको ईशनाथ नगरपालिका–१ वनजरहा स्थित लाल बकैया नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार दिउँसो पाँच जना किशोरहरू नदीमा नुहाउन गएका बेला अचानक आएको भेलले १५ वर्षीय बिगन साहलाई बगाएको हो । अन्य चार जना भने सकुशल नदीबाट बाहिर निस्कन सफल भएका थिए ।
नदीमा बेपत्ता भएको साहको खोजी कार्य स्थानीयवासी र प्रहरीको सहयोगमा भइरहेको छ । तर, अहिलेसम्म फेला पार्न सकिएको छैन ।










प्रतिक्रिया दिनुहोस्