पोखरा, २७ भदौ । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले हालै केही दिनयता मुलुकमा भएका विकासक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आज विज्ञप्ति जारी गर्दै पार्टीले युवाहरूको योगदान र आन्दोलनमा सहभागीहरूको भावना प्रति सम्मान व्यक्त गर्दै आन्दोलनका नाममा तोडफोड तथा आगजनीजस्ता गतिविधिप्रति चिन्ता व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनको क्रममा घुसपैठ भएका व्यक्तिले गराएका देशविरोधी कार्य, सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी, निजी सम्पत्ति र नेकपा (एमाले) का कार्यालयहरूमा आक्रमणजस्ता कार्यले हाम्रो गम्भीर ध्यानाकर्षण गराएको छ ।’
पार्टीले हालको संविधान र राजनीतिक व्यवस्थाबाट समाधान खोजिनुपर्ने र भावनात्मक बहकाउमा नलाग्न सबैलाई आग्रह गरेको छ । साथै, राष्ट्रपति रामचन्द्र पौडेलको भूमिका संविधान र सहमतिअनुसार अघि बढ्नुपर्ने बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो कठिन घडीमा धैर्यता, समयअनुकूलता र विवेकपूर्ण निर्णय आवश्यक छ । हामी लोकतान्त्रिक पक्षधर भएर सम्पूर्णमा आह्वान गर्दछौं।’










प्रतिक्रिया दिनुहोस्