काठमाडौँ, २८ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले कुनै पनि आन्दोलन र परिवर्तनले देशलाई सफल बनाउने बाटोमा लैजानुपर्ने धारणा राख्नुभएको छ ।
शुक्रबार जेनजीको आनदोलन पश्चात अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा सुशिला कार्कीलाई पद तथा गोपनियताको सपथसँगै राष्ट्रपति पौडेलले देश सफल हुनुपर्ने उल्लेख गर्दै जनताले बाँच्न पाउने अधिकारको ग्यारेन्टी हुनुपर्नेमा जोड दिनुभयो ।
सपथ ग्रहणपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीलाई शुभकामना दिनुभयो । शुभकामना दिँदै देश सफल होस् भन्ने कामना गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईंलाई धेरै धेरै बधाइ । तपाईं सफल हुनुस् । देश सफल होस् । जनता बचून् ।’










प्रतिक्रिया दिनुहोस्